भिडियो

थारु भाषाको ‘उहे दिन..’ गीत सार्वजनिक (भिडियो)

Banner

चितवन, चैत ९–

पछिल्लो समय थारु भाषाका गीतहरु बन्ने क्रम बढ्दो छ । डिजिटल प्लेटफर्म युट्युव आएसंगै थारु गीत संगीतले प्राथमिकता पाउँदै आइरहेको छ । थारु गीतसंगीतबाटै उदाएकी गायिका अनु चौधरी अहिले नेपाली गीत संगीतमा छाइरहेकी छन् । उनी गायिका अनु र आरेक थारुको स्वरमा रहेको थारु भाषाको गीत ‘उहे दिन..’ सार्वजनिक भएको छ ।

बिहीबार आरकेसी डिजिटल युट्युव मार्फत गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा थारु समुदायका चर्चित मोडलहरु नरेश चौधरी, सबिना चौधरी, धनेन्द्र चौधरीको अभिनय रहेको छ । यस गीतमा होटल व्यवसायी ‘होटेल ह्याप्पी होम’का संचालक कृष्ण महतोलाई समेत देख्न सकिन्छ ।

यस गीतको भिडियो पर्यटकीय क्षेत्र सौराहालगायत आसपासका क्षेत्रमा छायाँकन गरिएको हो । भिडियोको निर्देशन सुरजदेव कुसुम्या गरेका छन् भने रामु चौधरीले सम्पादन गरेका छन् । यस गीतलाई समुन लेखेका हुन् भने आरके थारुले नै संगीत भरेका छन् । गणेश चौधरीले एरेन्जका साथै आफ्नो स्वर समेत भरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>