मनोरञ्जन
हिपहप गायक बादशाहले इन्स्टाग्राममा सेयर गरेको हुकस्टेप भिडियोमा नेपाली डान्सर पारस
०

काठमाडौं, चैत ९
बलिउड हिपहप गायक बादशाह आफ्नो आगामी गीत ‘सनक’लाई लिएर चर्चामा छन् । उनको चर्चा भारतमा मात्र होइन, यतिबेला नेपालमा समेत भइरहेको छ । ‘सनक’ गीतको हुकस्टेप अहिले इन्स्टाग्राम रिल्समा भाइरल बनिरहेको छ ।
बादशाहले सेयर गरेको उक्त गीतको हुकस्टेप भिडियोमा नेपाली डान्सर पारस फिचर्ड छन् । ‘सनक’ गीतमा रिल्स बनाएर नेपालमा भाइरल भएका पारसको उक्त भिडियो बादशाहसामु पुगेपछि उनले पारसलाई मुम्बईमा बोलाएका थिए । बादशाहले पारससँग हुकस्टेपमा नाचेको भिडियोलाई इन्स्टाग्राममा सेयर गरेपछि पारसको चर्चा झनै चुलिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>