अन्तर्राष्ट्रिय

भारतीय गायक सोनु निगमका बुवाको घरबाट ७२ लाख चोरी

Banner

मुम्बई, चैत ९-

भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी भएको छ । निगमका ७६ वर्षीय बुवा आगम कुमार निगमको घरबाट चोरी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गायककी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिएपछि यो मामिला बाहिर आएको हो । आरोपीत व्यक्ति उनको घरमा आठ महिनासम्म ड्राइभर रहेका थिए ।

ती ड्राइभरलाई राम्रो काम नगरेको भनेर केही समय अगाडी निकालिएको थियो । निगमको डिजिटल लकरबाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो ।

निगमको घरबाट ठूलो रकमको पैसा हराए पछि सिसिटिभी फुटेज हेरिएको थियो । जसमा ती ड्राइभरले दुवै पटक ठुलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो ।

पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>