Breaking News

हर्क साम्पाङले माफी मागेर कार्यशैली नसच्याय आन्दोलनमा उत्रने राजनीतिक दलको चेतावनी

Banner

विराटनगर, चैत ९

धरानका नगर प्रमुख हर्कराज राईको स्वेच्छाचारी प्रवृत्ति बढेको भन्दै सच्चिन आग्रह गरेका छन् । धरानमा क्रियाशील सात राजनीतिक दलले प्रेस वक्तव्य जारी गर्दै कार्यशैली सच्चिन आग्रह गरेका हुन् ।

धरानका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरुले नगर प्रमुख राईलाई माफी माग्न र जनप्रतिनिधि बीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

दलहरूले मेयर राईका निजी सचिवालयका कर्मचारी मार्फत लेखिएको पत्र फिर्ता लिई सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भुल सुधार गर्न र गल्ती ’रियलाइज’ गर्न तथा सेवाग्राही सन्तोष लिम्बूमाथि भएको घटनामा निजले माग गरेको सिफारिस दिई आत्मालोचना गर्न र वडाध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण फिर्ता लिई आफूबाट भएको भूल स्वीकार गर्दै सम्पूर्ण जनप्रतिनिधिबीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख राईले विगतमा पनि पटक पटक वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई होच्याएर बोलेर र कार्यपालिका सदस्यहरूले राखेका विचारलाई तोडमोड गरी उत्तेजित गराउने र बैठकलाई अमर्यादित बनाउने गरिएको दलहरूले आरोप लगाएका छन् ।

कार्यशैली नसच्याए मेयर विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>