Breaking News

मकवानपुरको लोथर क्षेत्रका अतिक्रमित घरटहरा चितवन राष्ट्रिय निकुञ्जले हटायो

Banner

चितवन, चैत ८–

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–६, लोथरखोला आसपास क्षेत्रमा अतिक्रमण गरि बनाईएका घरटहरा हटाएको छ ।

निकुञ्जले सरोकारवाला निकायसंग समन्वय गरि पटक–पटक घरटहरा हटाउन आग्रह गर्दा पनि अटेरी गरेपछि मंगलबार निकुञ्ज र खड्गदल गण तथा सिद्धी बक्स गणको संयुक्त टोलीले अतिक्रमण गरि निर्माण गरिरहेको ९ वटा घर हटाईएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

गत पुस ४ गतेदेखि नै घर टहरा निर्माण गरि निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित सार्वजनिक जग्गा अतिक्रमणको प्रयास भएको थियो । अतिक्रमित क्षेत्रलाई पटक पटक खाली गराउन सरोकारवालासंग समन्वय गरी सुझाई बुझाई गर्दा पनि अतिक्रमित क्षेत्रबाट घरटहरा हटाउन नमानेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन अतिक्रमण रणनीति २०६८ बमोजिम ९ वटा घरटहरा हटाइएको निकुञ्जले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>