मनोरञ्जन

मिस नेपाल २०२३ को लागि २७ सुन्दरी छनोट हुँदै

Banner

काठमाडौं, चैत ६-

मिस नेपाल २०२३ को देशव्यापी अडिसन सकिएको छ । इटहरीदेखि सुरु अडिसन आइतबार काठमाडौंमा आयोजना भयो । सातै प्रदेशमा भएका अडिसनमा २५० जनाले आवेदन दिएको द हिडन ट्रेजरले जानकारी दिएको छ ।

तीमध्येबाट २७ जना छानिनेछन् । उनीहरुलाई बुधबारदेखि सुरु हुने तालिममा सहभागी गराइने भएको छ । यीमध्येबाट २४ जना अन्तिम प्रतिस्पर्धीले ग्राण्ड फिनालेमा भाग लिनेछन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारका अनुसार छानिएका २७ सुन्दरी काठमाडौं आएर तालिममा सहभागी हुनेछन् ।

४५ दिनसम्म सञ्चालन हुने तालिममा मेकअप, स्टाइल, र्‍याम्पमा हिंड्ने, बोल्ने, प्रस्तुतीकरण, व्यक्तित्व विकास, सञ्चारसम्बन्धी कौशलबारे तालिम दिइने भएको छ ।

अन्तिम प्रतिस्पर्धीको सार्वजनिक घोषणा भने चैत १७ गते हुने स्यास सेरेमोनीमा गरिने भएको छ । जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा यसवर्षको मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले आयोजना हुँदैछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>