Breaking News

मलाई विश्वास फेरि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुँदैनः नेपाल

Banner

काठमाडौँ, चैत ६-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताएका छन् ।

गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने त्यस्तो अवस्था नआउने आफूलाई विश्वास रहेको बताए । ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । ’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>