मनोरञ्जन

यी हुन् रणवीर कपूरका सय करोड कमाउने ६ फिल्म

Banner

काठमाडौं, चैत ६-

बलिउड अभिनेता रणवीर कपूर र श्रद्धा कपूर अभिनीत फिल्म ुतु झुठी मैं मक्कारु ले घरेलु बक्स अफिसमा १ सय करोड भारू बढी कमाइ गरेको छ।

रोमान्टिक-कमेडी फिल्मलाई दर्शकले रूचाइरहेका छन्। यो फिल्म रणवीर कपूरको सय करोड कमाउने छैटौं फिल्म बनेको छ।

यी हुन् रणवीर कपूरका सबैभन्दा धेरै कमाउने फिल्मस्

सञ्जू

सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जू’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। सन् २०१८ मा प्रदर्शन भएको फिल्मले ३४२ करोड भारू कमाएको थियो। रणवीरको यो सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो। यसको रेकर्ड अहिलेसम्म कुनै फिल्मले तोड्न सकेका छैनन्।

बह्मास्त्र

अयान मुखर्जीले निर्देशन गरेको फिल्म ‘बह्मास्त्र’ ले बक्स अफिसमा २५७ करोड ४४ लाख भारू कमाएको थियो। गतवर्ष प्रदर्शन भएको फिल्ममा रणवीर कपूर, आलिया भट्ट र अमिताभ बच्चनको मुख्य भूमिका छ। यो फिल्म रणवीरको सबैभन्दा धेरै कमाइ गर्ने दोस्रो फिल्म हो।

ये जवानी हे दिवानी

रणवीर कपूर र दीपिका पादुकोण अभिनीत फिल्म ‘ये जवानी हे दिवानी’ ले १८८ करोड ५७ लाख भारू कमाएको थियो। यो रणवीरको सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म हो।

ए दिल है मुश्किल

रणवीर कपूर, अनुष्का शर्मा र ऐश्वर्या राय बच्चन अभिनीत फिल्म ‘ए दिल है मुश्किल’ ले ११२ करोड ४८ लाख भारू कमाएको थियो। सन् २०१६ मा प्रदर्शन भएको फिल्म रणवीरको सबैभन्दा धेरै कमाउने चौथो फिल्म हो।

बर्फी

रणवीर कपूर र प्रियंका चोपडा अभिनीत फिल्म ‘बर्फी’ ले ११२ करोड १५ लाख भारू कमाएको थियो। सन् २०१२ मा प्रदर्शन भएको फिल्म रणवीरको सबैभन्दा धेरै कमाउने पाँचौं फिल्म हो।

तु झुठी मै मक्कार

लभ रन्जनले निर्देशन गरेको फिल्म ‘तु भुठी मै मक्कार’ ले ११ दिनमा १०१ करोड ९८ लाख भारू कमाएको छ। फिल्मले बक्स अफिसमा अझै राम्रो कमाइ गरिरहेको छ।

‘तू झुठी मैं मक्कार’ यो वर्ष सय करोड कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ। यसअघि शाहरूख खानको फिल्म ’पठान’ ले दुई दिनमा सय करोड कमाएको थियो। फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ।

योसँगै रणवीरको ‘राजनीति, तमाशा, अजब प्रेमकी गजब कहानी र आखिरी पयादान पर है रकस्टार’ पनि राम्रो कमाइ गर्ने फिल्म हुन्।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>