मनोरञ्जन
तापसी पन्नूले गर्छिन् पोषणविदमा महिनाको १ लाख भारू खर्च
०

काठमाडौं, चैत ३-
भारतीय अभिनेत्री तापसी पन्नूले हरेक महिना आफ्नो पोषणविदमा १ लाख भारू खर्च गर्ने बताएकी छन्।
भारतीय सञ्जारमाध्यम द इन्डिया एक्सप्रेससँग कुराकानी गर्दै उनले भनिन्, ‘मेरो बुवाले डाइटिसियनमा यति धेरै खर्च गर्दा गाली गर्नुहुन्छ। उहाँहरू मलाई क्रान्तिकारी बच्चा जन्मायौँ भन्नुहुन्छ। तर मजस्ता फिल्ममा काम गरिरहेको छु। त्यस हिसाबले मेरो डाइट परिवर्तन भइरहेको हुन्छ।’
‘यो पेसामा लाग्ने धेरै व्यक्तिहरूलाई डाइटिसियनसँग सल्लाह लिनुपर्ने हुन्छ। उनीहरूको सल्लाहअनुसार हामीलाई कुन चिज ठिक हुन्छ भनेर खान्छौँ। हरेक देश, सहर र मौसममा डाइट परिवर्तन गर्नुपर्छ। त्यसैले डाइटिसियनको आवश्यकता पर्छ,’ उनले भनिन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























