मकवानपुर

मकवानपुरको मनहरीमा बस दुर्घटना, घाइतेहरूलाई भरतपुर ल्याइदै

Banner

काठमाडौं,चैत २-

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवनापुरको मनहरी गाउँपालिका-६ स्थित नयाँबस्ती भन्ने स्थानमा बस दुर्घटना भएको छ । आज दिउँसो करिब पौने ४ बजे चितवनबाट हेटौँडा आउँदै गरेको ना ७ ख १३२६ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

बस सडकबाट करिब २०-२५ फिट तल बारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर बताएको छ । दुर्घटनामा घाइतेहरूको उद्धार गरी भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा के कति क्षति भयो त्यसको विवरण भने आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>