अन्तर्राष्ट्रिय

भारतमा सेनाको हेलिकोप्टर दुर्घटना, खोजी जारी

Banner

भारत, चैत २

भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा बिहीबार दुर्घटना भएको छ । समाचार एजेन्सी एएनआईले सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । स्रोतका अनुसार हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा दुर्घटना भएको हो । होलिकोप्टरमा लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार थिए । खोजी अभियान चलिरहेको छ ।

हेलिकप्टर बोमदियालबाट उडेको सेनाले जनाएको छ । बिहान करिब साढे ९ बजे हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क टुटेको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>