मनोरञ्जन

रुकुम महोत्सवमा सहभागी हुँदै पलले भनेः म ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतको फिमेल भर्सनबाट कमब्याक गर्दै छु

Banner

काठमाडौं, चैत २-

अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । रुकुममा जारी महोत्सवमा सहभागी हुन उनी बुधबार बहिनी रोशनीसँगै हेलिकप्टर चढेर खलंगा पुगेका थिए। महोत्सवमा उनले गीत गाएर प्रस्तुति पनि दिए ।

हजारौं दर्शक सहभागी कार्यक्रममा पलले रुकुम आफ्ना लागि प्रिय रहेको भन्दै फ्यानको मन जित्ने प्रयास गरे । उनले जेल जीवनको अनुभव पनि बाँडे । उक्त अवसरमा पलले एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत कमब्याक गर्न लागेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>