Breaking News
गठबन्धन पाँच बर्षसम्म कायम रहन्छ र प्रचण्डपछि माधव नेपाल हुँदै देउवा प्रधानमन्त्री बन्छन्ः विमलेन्द्र निधि
०

काठमाडौँ, चैत २-
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।
नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले यस्तो बताएका हुन् ।
दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने उनको भनाइ छ । उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने पनि बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























