चितवन विशेष

विदेशमा पढ्न जान चाहनेहरुका लागि भरतपुरमा ‘एक्सपर्ट एडमिसन डे’ हुँदै

Banner

चितवन, फागुन ३०–

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले ‘एक्सपर्ट एडमिसन डे’ आयोजना गर्दैछ ।

एक्सपर्टको आफ्नै भवन भरतपुर–१० (होटेल रोयल सेन्चुरी)को पछाडी भोलि चैत १ गते (बुधबार) एक दिने ‘एक्सपर्ट एडमिसन डे’ आयोजना गर्न लागेको हो । यस कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरु सहभागि हुन सक्ने छन् । एडमिसन डेमा पाँच देशका ४७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

यस एडमिसन डेमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी तथा अभिभावकले त्यहाँको शिक्षा प्रणाली र आवश्यक योग्यताको बारेमा परामर्श लिन सक्ने छन् । साथै सहभागिहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको छ । नेपालमा पछिल्लो समय अष्ट्रेलियासंगै क्यानडा, युके, न्यूजिल्याण्ड र अमेरिका अध्ययन गर्न जाने क्रम बढ्दो छ ।

यस कार्यक्रमले अन्यौलमा रहेका विद्यार्थी र अभिभावकहरुलाई सही परामर्शका लागि निकै महत्वपूर्ण सावित हुने छ । ‘हामी आफैले परामर्श त दिन्छौं नैं, अहिले उतैको कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु नै आफ्नै ठाउँमा आइपुगेकाले विद्यार्थी तथा अभिभावकहरुलाई मौकाको फाइदा उठाउन अनुरोध गर्दछु’–अधिकारीले भने ।

‘एडमिसन डे’मा करिअर काउन्सीलिङ, छात्रवृत्तिको अवसर, कलेज प्रतिनिधिहरुसंग वान टु वान परामर्शको अवसर रहेको छ । कार्यक्रम विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>