मनोरञ्जन
केशव पाण्डे गरेले ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता
०

काठमाडौं, फागुन २९-
‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । फिल्म निर्माता केशव पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा मुद्दा दर्ता गराएका हुन् ।
पाण्डे उक्त फिल्मका पूर्वनिर्माता समेत हुन् । फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर आफूलाई प्रलोभनमा पारी थापाले एक वर्षअघि उक्त रकम लगेको तर पटकपटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेकाले जाहेरी दिएको पाण्डेले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























