मनोरञ्जन

‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड

Banner

काठमाडौं, फागुन २९-

तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ओस्कार अवार्ड जितेको छ। ओस्कारको ९५ औं संस्करणअन्तर्गत गीतले मौलिक विधामा अवार्ड हात पारेको हो।

यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन्। यसको सबभन्दा धेरै रूचाइएको पाटो नृत्य हो। रामचरण र एनटिआरले जोडी बाँधेर गरेका हुकस्टेपको झलकले नै संसारभरका धेरैलाई नचाएको थियो।

गीत ‘नाटु नाटु’ मा रामचरण र जुनियर एनटीआरले नृत्य गरेका छन्। निर्देशक एसएस राजामौलीको ‘ट्रिटमेन्ट’ले यो गीतले नयाँ उडान भरेको थियो। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>