भिडियो
चितवनका गायक जिबीले ल्याए ‘आहा कति ज्ञानी हो’
०

चितवन, फागुन २९–
चितवनका गायक जिबी सुनारको नयाँ गीत सार्वजनिक भएको छ ।
जिबीको स्वरमा ‘आहा कत्ति ज्ञानी हो’ बोलको गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा शब्द, संगीत गायक सुनारकै रहेको छ । करण विकको कोरस रहेको गीतमा महेश बिक्रम पाण्डेले संगीत संयोजन गरेका छन् । गीतमा स्कुले विद्यार्थीहरुको बिषय उठाईएको छ ।
गायक सुनारले नै निर्देशन गरेको गीतको भिडियो ग्रीनल्याण्ड पब्लिक स्कुलमा छाँयाकन गरिएको हो । भिडियो सन्तोष सुनारले खिचेका हुन् भने उनले नै सम्पादन गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>