Breaking News

विश्वकप लिग २ः पिएनजीविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

Banner

काठमाडौँ, फागुन २९–

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तरगत तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस जितेको छ। टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् । अन्य परिवर्तन भने छैन ।

नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा पुग्न चाहन्छ । ने

नेपालको प्लेइङ ११ः

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>