मनोरञ्जन
कन्सर्टमा बेहोस भएका दक्षिण अफ्रिकी चर्चित संगीतकार टिचको निधन
०

आइतबार, फागुन २८-
दक्षिण अफ्रिकाको चर्चित र्यापर तथा संगीतकार कोस्ट टिचको निधन भएको छ । रिपोर्टका अनुसार र्यापर एक कन्सर्टको क्रममा उनी बेहोस भएका थिए । त्यही क्रममा उनको निधन भएको हो ।
२७ वर्षीय कोस्टा जोहान्सबर्ग अल्ट्रा साउथ अफ्रिका म्युजिक कन्सर्टमा प्रस्तुति दिइरहेका थिए । सोही क्रममा ढेलेरका उनको मृत्युको कारण भने खुल्न सकेको छैन । कोस्टाको निधनप्रति विभिन्न संगीतका हस्तीहरुले श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।
कोस्टा टिचको नाम कोस्टा त्सोबानोग्लु हो । उनको सबैभन्दा सफल गीत ‘बिग फ्लेक्सा’ ले युट्युवमा ४५ मिलियनभन्दा बढी भिउज पाएको छ । उनले हालै अमेरिकी कलाकार एकोनसँग रिमिक्स गीत रिलिज गरेका थिए । कोस्टाको निधनले दक्षिण अफ्रिकी संगीत उद्योगमा ठुलो धक्का पुगेको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























