Breaking News
१० दलमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन हामी छुट्टाछुट्टै मनोनयन दर्ता गर्छैः सिके राउत

काठमाडौँ, फागुन २७-
सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन असमर्थ भएको छ । शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका हुन् ।
सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको राउतले बताए । राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ ।
‘निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला ने हुनुपर्ने निर्णय गरेपछि हामीबीच सकेसम्म महिला नै उठाउनेबारे छलफल भएको छ । यसमा रिस्क नलिने दलहरुबीच कुरा भएको हो । किनभने आयोगले संविधानको धारा ३८ (४) लाई कोट नै गरेको छ । जसमा महिलालाई पनि समावेशी समानुपातिक गर्नुपर्ने भनेको छ । त्यही भएर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला नै बनाउने जिम्मेवारी हुन्छ ।’


























