मनोरञ्जन
बिहे पासको गीत ‘खाली छैन मेरो मुटु’ मा दयाहाङ र प्रकृतिको माया
०

काठमाडौं, फागुन २६-
दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक भएको छ । रोमान्टिक गीतमा यी दुई कलाकारले मायाको भाव साटासाट गरेका छन् । प्रवेश मल्लिकको संगीतमा अस्तित्भा कर्ण र विद्यामञ्जु तिवारीको स्वर समावेश छ ।
गीतमा डीपी खनालको शब्द र रामजी लामिछानेको नृत्य निर्देशन छ । प्रवेश पौडेल निर्देशित फिल्मले प्रेमिकालाई विवाह गर्न प्रेमीले गर्ने संघर्षको कथा भन्छ । फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























