मनोरञ्जन

आजबाट ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ सुरु

Banner

काठमाडौँ, फागुन २६

रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आज (शुक्रबार) देखि हुने भएको छ । निर्माण युनिटले बिहिबार बानेश्वरस्थित वान सिनेमाज् हलमा शोको पहिलो एपिसोड प्रिमियर गर्दै प्रचारको बिषयमा जानकारी दिएको हो ।

अघिल्लो भन्दा यो सिजन अझै राम्रो बनाउने प्रयास गरिएको शोका निर्देशक लक्ष्मण पौडेलले बताए । शोका कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल समेत प्रिमिएरमा सहभागी थिए । यो सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । उनी भित्रिएसँगै प्रमोद, सुशान्त, प्रविशा अधिकारी र मिलन नेवार गरेर शोमा ४ कोच भएका छन् ।

कार्यक्रम हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>