Breaking News

ओलीलाई गगनको जवाफः एमालेसंग ०८४ पछि सहकार्य हुनसक्छ,त्योअघि माफ गर्नुहोला

Banner

काठमाडौं,फागुन २५-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वि.सं. २०८४ सालअघि नेकपा (एमाले)सँग सहकार्य हुन नसक्ने बताएका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेर बाहिरिने क्रममा उनले अहिले नै एमालेसँग सहकार्य सम्भव नहुने बताएका हुन् । “एमालेसँगको सहकार्य २०८४ पछि सम्भव हुनसक्छ, त्योअघि माफ गर्नुहोला,” थापाले भने, “प्रमुख प्रतिपक्षी दलको नेता भेट्न हामी बालकोटमै आऊँला ।”

राजनीतिमा पटक–पटक झुक्याउन नसकिने भन्दै उनले कांग्रेसलाई अवमूल्यन नगर्न आग्रह गरे । “पटक–पटक झुक्याउन सकिँदैन । हामीलाई यति अवमूल्यन नगर्न आग्रह गर्दछु,” थापाले भने । आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू कांग्रेससँग पनि मिल्न सक्ने बताएका थिए । त्यसको जवाफमा थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>