चितवन विशेष
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला
०

चितवन,फागुन २५-
चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहान ९ः३० बजे निकुञ्जको गस्ती टोलीले गैडा मृत अवस्थामा भेटेको हो ।
अन्दाजी २० बर्षको गैडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो । एक अपासमा जुधेर गैडाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यो संगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा मृत्यु हुने गैंडाको संख्या १३ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























