मनोरञ्जन

चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

Banner

मुम्बई, फागुन २५-

चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान नयाँ दिल्लीमा निधन भएको छ । उनले ६६ वर्षको उमेरमा उनको निधन भएको हो । अनुपम खेरले बिहान ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अनुपमले लेखे, सतीश, तिमी बिनाको जीवन उस्तै हुनेछैन।ु यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

कौशिकको पोस्टमार्टम दिल्लीको दीनदयाल अस्पतालमा हुनेछ। बिहीबार बिहान ५ः३० बजे निधन भएपछि उनलाई अस्पताल ल्याइएको थियो । हाल उनको शव अस्पतालको शवगृहमा राखिएको छ । पोष्टमार्टमपछि उनको शव मुम्बई लगिनेछ ।

गत मार्च ७ मा मात्र कौशिक जावेद अख्तरले जानकी कुटीर जुहुमा आयोजना गरेको होली पार्टीमा सहभागी भएका थिए । उनले त्यहाँको तस्बिर ट्विट गर्दै सबैलाई होलीको शुभकामना समेत दिएका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>