चितवन विशेष

हात्ती प्रजनन केन्द्र सौराहामा शल्यक्रिया गरेर जन्माइयो छावा

Banner

चितवन,फागुन २५-

नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो । हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको पनि सहभागिता थियो । क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आउनुभएका बेला यो घटना भएपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा संलग्न अन्य चिकित्सकमा डा. अमिर सडौला, विकल्प कार्कीलगायत हुनुहुन्थ्यो ।

दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो । “दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो,” डा. श्रेष्ठले भन्नुभयो । उहाँले नेपालमै पहिलो पटक हात्तीको शल्यक्रिया गरेर छावा निकालिएको बताउनुभयो ।

“नेपालमा अहिलेसम्म कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो हो,” डा.श्रेष्ठले भन्नुभयो, “बच्चा पेटमै अड्किएपछि हामीले हात्तीको पुठो र योनीको बीचमा करिब २० सेन्टिमिटर चिरेर बच्चा निकालेका हौँ ।” केही दिन पाठेघरबाट फोहोर पानी निस्किएपछि चिरिएको घाउ दुईरचार दिनमा सिलाइने चिकित्सकले जनाएका छन् । डा.श्रेष्ठले शल्यक्रिया गर्ने क्रममा हात्तीलाई चिर्ने ठाउँमा नदुख्ने र लट्ठ्याउने औषधि दिइएको पनि जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो हो । शल्यक्रिया गरेर बच्चा जन्माइएको गण्डकीकली २५ वर्षकी हो । यो उसको दोस्रो बेत हो । यसअघि करिब तीन वर्षअघि पनि हात्तीको छावा अड्किएर डोरी लगाई निकालिएको थियो । त्यस बेला छावा बचाउन नसकिएको डा. श्रेष्ठले बताउनुभयो । २०४२ मा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालयता ६२ वटा छावाछावी जन्मिएका छन् । हात्ती गर्भवती भए पत्ता लगाउने पनि प्रजनन केन्द्रका कर्मचारीमा आफ्नै ज्ञान छ । २० वर्षदेखि प्रजनन केन्द्रमै माउते पदमा कार्यरत चतुरलाल चौधरीले भन्नुभयो, “गर्भवती हात्ती भाले लागेको तीन/चार महिनामै स्तन बढेर आउँछ । शरीर मोटाउँछ अनि २२ देखि २४ महिनामा बच्चा जन्मन्छ ।” गोरखापत्र दैनिकमा खबर छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>