Breaking News

रिट निवेदकको मागदाबीः प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश जारी गरी पाऊँ

Banner

काठमाडौं,फागुन २३-

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलवार सर्वोच्च अदालतमा मंगलवार दर्ता भएको रिट निवेदनमा पक्राउ गरी अनुसन्धान गर्न भनी अन्तरिम आदेश माग गरिएको छ । रामेछापको मन्थली नगरपालिका–१२ निवासी कल्याण बुढाथोकी समेतले दायर गरेको रिटमा प्रचण्ड, प्रधानमन्त्री कार्यालय, सत्य निरुपण तथा मेलमिलाप आयोग र प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाइएको छ ।

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन विपक्षीको नाममा आन्तरिम आदेश मागिएको हो । रिट निवेदनमा उल्लेख छ, ‘प्रचण्डको व्यक्ति हत्या गरेको स्वीकारोक्तियुक्त आपत्तिजनक अभिव्यक्ति सूचना सञ्जाल यूट्युब तथा फेसबूक लगायतका सामाजिक सञ्जालमा हालसम्म प्रसारितरप्रकाशित भइरहेका र हामी निवेदकहरू पनि उनीकै कारण पीडित भएको हुनाले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाउनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरी पाऊँ ।’

निवेदनमा थप भनिएको छ, ‘राज्यका विरुद्ध हतियार उठाई स्वेच्छाचारी ढंगले माओवादी लडाकु लगायतमार्फत बल प्रयोग गरी निर्दोष नागरिक उपर गोली चलाउने, खुकुरी प्रहार गर्ने, रुखमा झण्ड्याएर मार्ने, घाँटी थिचेर मार्ने, यातना दिएर मार्ने जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतका अपराध गर्ने र त्यस्तो क्रूर अपराध गर्न आदेश दिने र द्वन्द्वकालमा मारिएकारहत्या गरिएका ५ हजार व्यक्तिको नैतिक जिम्मा लिई सार्वजनिक अभिव्यक्ति दिने प्रचण्ड लगायतलाई कानून बमोजिम हदैसम्मको सजाय गरी पाउन विपक्षीहरूको नाममा परमादेश आदेश जारी गरी पाऊँ ।’सर्वोच्चले रिट निवेदन दर्ता गर्दै बिहीवारका लागि पेशी तोकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>