Breaking News

विश्वकप लिग-२ः ४२ रनले युएईलाई हराउँदै नेपाल विजयी

Banner

काठमाडौं,फागुन २२-

युएईमा भइरहेको विश्वकप छनोटको लिग-२ अन्तर्गतको त्रिकोणिय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु युएईलाई ४२ रनले पराजित गरेको छ। यो जितसहित नेपालले अंक तालिकामा पनि झिनो अन्तरले पछि पारेको छ। नेपालले जितका लागि दिएको २३० रनको लक्ष्य पछ्याएको​ युएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाएपछि नेपाल ४२ रनले विजयी भएको हो।

जितका लागि नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले दोस्रो बलमै विकेट गुमाएपछि दबाबमा आएको थियो। तर युएईका दुई खेलाडी आर्यन लाक्रा र आसिफ खानको अर्धशतकमा जिततर्फ गएको थियो तर नेपाली बलरले नियमित अन्तरालमा विकेट लिएपछि उसको जितमा ब्रेक लागेको हो। नेपालका लागि आसिफ खान टाउको दुखाई बनेका थिए। उनले सर्वाधिक रन ११५ बलमा ८२ रन बनाए। युएईका कप्तान मोहम्मद वासीम शून्य रनमा आउट हुँदा आर्यन लाक्रा ५० रन बनाएर आउट भए।

वृत्य अरबिन्दले १३ रन बनाए भने चुन्दंगा पोयल रिजवान ७ रनमा आउट भए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३र३ विकेट लिए। करण केसी,आरिफ शेख र सन्दीप लामिछानेले १र१ विकेट हात पारे। त्यसअघि दुबई अन्तरराष्ट्रिय क्रिकेट रंगाशालामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो।

शुरुवातमा खराब प्रदर्शन गरेको नेपालले लगातार विकेट गुमाउन पुगेपछि धरापमा परेको नेपालको पालीलाई भीम सार्की र सन्दीप लामिछानेले उकासेका थिए। नेपालले ६८ रनको कुल स्कोरमा नै ५ विकेट गुमाइसकेको थियो। भीम सार्कीले नेपालका लागि सर्वाधिक ७० रनको योगदान गरे। कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए। ज्ञानेन्द्र मल्ल ११ तथा आशिफ शेख ६ रनमात्र बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा कप्तान रोहित पौडेल १ रनमात्र बनाएर पवेलियन फर्किए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>