मनोरञ्जन

बानेश्वरमा ‘छक्कापञ्जा ४ ’को होली

Banner

काठमाडौं, फागुन २२-

‘छक्कापञ्जा ४’ले बानेश्वर चोकमा होली कार्यक्रम आयोजना गरेको छ । मण्डला थिएटरले थापागाउँ र राजेश हमालसहितका कलाकारले जयनेपाल हलमा होली कार्यक्रम गरिरहेका छन् ।

‘छक्कापञ्जा ४’ले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे लगायत सहभागि रहे । सर्वसाधारणलाई रङ लगाइदिँदै उनीहरुले शुभकामना समेत दिए । हलमा आफूहरुको फिल्म ‘छक्कापञ्जा ४’ चलिरहेको भन्दै उनीहरुले हेरिदिन समेत आग्रह गरे ।

दीपाश्री र माग्ने बुढाले हाँस्यव्यंग्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिए । अन्य कलाकारले कमेडी र गायन प्रस्तुत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>