मनोरञ्जन

कृपया आफूले अपलोड गरेको छक्का पन्जाको भिडिओ डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला !

Banner

काठमाडौं, फागुन २१

दीपक र दीपाको फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

फिल्मले राम्रो व्यापार गरिरहँदा टिकटकमा फिल्मको क्लिपहरू छ्यापछ्याप्ती भेटिएका छन्। टिकटकमा १५ सेकेन्डदेखि ८ मिनेटसम्मका फिल्मको क्लिप अपलोड भइरहेको पाइएको छ।

यसैक्रममा निर्माण टिमले कानुनी कारबाही गर्न तयारी गरेको छ। फिल्मका कलाकार तथा निर्माता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले उक्त जानकारी फेसबुकमार्फत दिएका छन्।

‘सचेत रहनुहोला है ! कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जादैछन् भन्ने सूचना भर्खरै पाएँ। कृपया आफूले अपलोड गरेको फिल्मको भिडिओ डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला,’ उनले लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>