देश/प्रदेश
ह्यारी स्टाइल्सले अष्ट्रेलिया कन्सर्टमा फहर्याए नेपालको झण्डा
०

काठमाडौं, फागुन २२-
विश्वप्रसिद्ध पपस्टार ह्यारी स्टाइल्सले अष्ट्रेलिया कन्सर्टमा नेपालको झण्डा फहर्याएका छन् । सिड्नीमा आयोजित कन्सर्टमा उनले नेपालको झण्डासहित अन्य केही मुलुकको झण्डा फहर्याएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
‘वान डिरेक्सन’ ब्याण्डका पूर्वगायकले उक्त कन्सर्टमा अष्ट्रेलियाका आदिवासीको झण्डा पनि फहर्याएका थिए । ८० हजार जना दर्शक उपस्थित रहेको रंगशालामा उनले लाइभ कन्सर्ट गरेका थिए । उनले अष्ट्रेलियाका अन्य भागमा भएका कन्सर्टमा लैंगिक अल्पसंख्यकको सहित अष्ट्रेलियाको झण्डा पनि प्रस्तुत गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























