बलिउड/हलिउड

पठानले पछि पारेपछि बाहुबली–२ का निर्माताको प्रतिक्रिया: भने – रेकर्ड त तोडिन्छ नै तर…

Banner

 फागुन २२-

पठानले बाहुबली २ को रेकर्ड तोडेको छ । अब बाहुबली २ का सह–निर्माता शोबु यार्लागड्डाले ट्विट गर्दै शाहरुख खान र पठानको सम्पूर्ण टिमलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘रेकर्ड त टुट्नका लागि नै बन्छन् तर मलाई यो कुराको खुसी छ कि शाहरुख खानको फिल्मले यो रेकर्ड तोडेको छ ।’

ठानका निर्माताले पनि शोबूलाई धन्यवाद दिएका छन् । पठानले ४ मार्चमा नै बाहुबलीको रेकर्ड तोडेको थियो । पठानले अहिलेसम्म ५१३.७५ करोडको कमाई गरेको छ ।

यशराज फिल्म्सले आभार प्रकट गरेको छ

शोबुप्रति कृतज्ञता व्यक्त गर्दै यशराज फिल्म्सले पनि लेखेको छ, ‘भारतीय सिनेमा कसरी अगाडि बढिरहेको छ भन्ने देख्दा साँच्चै खुसी लागेको छ । एसएस राजामौली निर्देशित बाहुबली २ जस्ता ऐतिहासिक फिल्म बनाउनु भएकोमा धन्यवाद । यो फिल्मले हामीलाई थप मेहनत गर्न प्रेरित गरेको छ ।’

पठानले मात्र ३८ दिनमा बाहुबली २ को रेकर्ड तोड्यो

बाहुबली २ सन् २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो । रिलिज भएयता यसले बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको थिएन । अब शाहरुखले पठान मार्फत चार वर्षपछि कम ब्याक गरेर नयाँ कीर्तिमान बनाएका छन् । रिलिजको ३९ दिनपछि र नयाँ फिल्म रिलिज हुँदाहुँदै पनि पठानले शानदार कमाई गरिरहेको छ ।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>