मनोरञ्जन

तुनिशाको आत्महत्या प्रकरणमा पक्राउ परेका शीजान जमानतमा छुटेपनि अनुमतिबिना देश बाहिर जान नपाउने

Banner

काठमाडौं, फागुन २१-

भारतीय अभिनेत्री तुनिशा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शीजान मोहम्मद खान जमानतमा छुटेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार उनी पक्राउ परेको ७० दिनपछि जमानतमा छुटेका हुन्। शनिबार उनलाई वसईको एक अदालतले १ लाख भारू धरौटीमा जमानत दिएको हो।

अदालतले उनलाई आफ्नो पासपोर्ट बुझाउन र अदालतको अनुमतिबिना देश बाहिर नजान आदेश दिएको छ।

तुनिशाले २४ डिसेम्बरमा सुटिङ सेटमै आत्महत्या गरेकी थिइन्। उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>