Breaking News
मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्व दिइनँः माधवकुमार नेपाल

काठमाडौं,फागुन २०-
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्व नदिएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टी निकट दलित मूक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको चुनावको सन्दर्भमा आफ्नो पार्टीमा प्रस्ताव आएको भन्दै पदलाई नभएर नेपालको राजनीतिलाई स्थायित्व दिने कुरालाई महत्व दिएको बताए ।
देशलाई अघि बढाउनका लागि पार्टीको स्वार्थलाई त्याग्दै आठ दलीय गठबन्धनमार्फत सहमतिमा राष्ट्रपति उमेदवार गरिएको दाबी गरे । अहिले पनि नेपालको राजनीतिमा आफ्नो पार्टीको धेरै भूमिका रहेकाले नै विभिन्न प्रस्तावहरु आइरहेको उनको भनाइ छ ।
त्यस्तै, अध्यक्ष नेपालले वर्तमान सरकारलाई पार्टीको समर्थन रहेको र विश्वासको मत लिने बेला पनि समर्थन हुने बताए । वर्तमान सरकारलाई पूर्णता दिएर देशैभर आठ दलीय गठबन्धनको सरकार बनाउनका लागि अघि बढ्ने उनले बताए ।


























