Breaking News

राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा पर्यो: गगन थापा

Banner

काठमाडौं, फागुन १९-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरुको पनि दोष रहेको बताएका छन् ।

बागमति प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखिकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा खेरी पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर राजाको भद्धा नक्कल गरिएको बताए ।

‘उनले भनेर्, अहिले राष्ट्रपति घरबाट निस्किनुभयो भने नागरिकको भागाभाग हुन्छ, त्राहीमाम हुन्छ, राष्ट्रपतिलाई मात्र दोष दिएर मात्र हुन्न यो, हाम्रो पनि कमजोरी छ’, ‘हामीले सवारी चल्ने राष्ट्रपति खोजेको होइन, भूजा ज्युनार गर्ने राष्ट्रपति खोजेको होइन, हामीले त जनताको राष्ट्रपति खोजेको हो, त्यो महसुस गराउने हो नि ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>