मनोरञ्जन
विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता, ५ वर्ष कैद सजायको माग
०

काठमाडौं, फागुन १९-
जिल्ला सरकारी वकिलको कार्यालयले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ । रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम सजाय माग्दै सरकारी वकिलले अभियोगपत्र दर्ता गरेको हो ।
उक्त मुद्दामा दोषी ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । गीतकार महेश आचार्यको उजुरीको आधारमा फागुन ८ गते थाइल्याण्डबाट नेपाल आउँदै गरेको बेला रेग्मीलाई प्रहरीको साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























