मनोरञ्जन

पल शाहलाई सफाइ दिएको विरोधमा उच्च अदालत पोखरा बाहिर प्रदर्शन

Banner

पोखरा, फागुन १९-

बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले सफाइ पाएको भन्दै किशोरीहरूले उच्च अदालत पोखरा बाहिर धर्ना दिएका छन् । कलाकार शाहलाई अदालतले गलत नजिरको प्रतिपादन गरेर फैसला गरेको भन्दै धर्ना दिएका हुन् ।

‘गलत नजिर प्रतिपादन गर्न बन्द गर’, ‘पितृसत्ताको पहरेदार बनेका न्यायालय होसियार’, ‘न्यायालयलाई गल्ती गर्ने छुट छैन’ भन्दै प्रदर्शन गरेका हुन् । धर्नामा सहभागी सलिजा श्रेष्ठले अदालतले जुन नजिर बनाएर पलविरुद्धको फैसला गर्‍यो यसलाई तत्काल सच्चाउनुपर्ने बताइन् ‘फागुन १४ गते अदालतले जुन पिडकलाई न्याय दिने काम भयो । यसले यौन हिंसामा पीडितलाई न्याय दिनुपर्ने भन्दा पनि आहत पुगेको छ,’ उनले भनिन्, ‘नवलपुर जिल्ला अदालतले बाल यौन दुराचार फैसला गरे पनि उच्च अदालतले बदर गरेर न्यायालयप्रति नै मानिसहरूको विश्वास गुम्ने खतराविरुद्ध हाम्रो प्रदर्शन हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>