भिडियो

हिमालय लोकस्टारमा लोक गायक राजु परियार बने सेलिब्रिटी गेष्ट जज

Banner

काठमाडौं,फागुन १९-

टेलिभिजन रियालिटी शो हिमालय लोकस्टार रोचक बनिरहेको छ । दर्शकले प्रस्तुति र गायकीमा मजा लिइरहेका छन् । त्यसमाथि अतिथि जजको रुपमा चर्चित कलाकारको उपस्थितिले माहोललाई झनै रोमाञ्चक बनाएको छ । यही मेसोमा लोकस्टारको १४ औं एपिसोडमा चर्चित लोक दोहोरीगायक राजु परियार सेलिब्रिटी गेष्ट जजको रुपमा सहभागी भए ।

गेस्ट जजको रुपमा उपस्थित परियारले आफ्नो हिट गीत ‘दरौं सिरुबारी’ गाए र दर्शकलाई मन्त्रमुग्ध तुल्याए । महाजज कुमार बस्नेत, जजद्वय कुलेन्द्र विश्वकर्मा र रामजी खाँणले स्टेजमै पुगेर परियारलाई स्वागत गरे । ‘अब लोकस्टार भेडीगोठ र गिठा भ्याकुर खोज्ने ठाउँमा पनि पुग्नुपर्छ,’ शुभकामना दिंदै गायक परियारले भने ।

उक्त एपिसोडमा अर्की जज ज्योति मगरलाई दर्शकले देख्न पाएनन् । गायक परियारले मगरलाई मिस गरेको बताए । ज्योति भने विभिन्न जिल्लामा आयोजना गरिएका महोत्सवमा सांगीतिक प्रस्तुति दिन व्यस्त छिन् । शो निर्देशक सिमोस सुनुवारले आगामी एपिसोडहरुमा पनि दर्शकले सेलेब्रिटी गेस्ट जजलाई देख्न पाउने बताए । परियारले नै निरन्तरता पाउँछन् वा कुन जज आउँछन् भन्ने उनले खुलाएनन् । यद्यपि, दर्शकले गेस्ट जजलाई आगामी एपिसोडमा देख्न पाउनेछन् ।

आगामी सातादेखि हिमालय लोकस्टारमा भोटिङ राउण्ड सुरु हुँदैछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>