Breaking News

दुर्गा प्रसाईंको महाअभियानमा कमल थापाको ऐक्यवद्धता

Banner

काठमाडौं फागुन १९-

व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका छन् ।

पूर्वराजपरिवारका सदस्यहरुलाई उतारेर व्यवसायी प्रसाईंले गत फागुन १ गते मेचीपुलबाट महाअभियानको उद्घाटन गरेका थिए । यसैगरी उनले हालै पत्रकार सम्मेलन गरी २०४७ सालको संविधान ब्यूँताउनुपर्ने लगायतका माग राखेर आन्दोलन नै गर्ने घोषणा गरेका छन् । नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेकै स्थानबाट फागुन २० गते आन्दोलन सुरू गर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>