मौसम

आज कोसी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Banner

काठमाडौँ, फागुन १९–

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसीका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>