Breaking News

एमाले नेताहरुले सम्हालेको मन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डको जिम्मामा

Banner

काठमाडौं, फागुन १६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुले सरकार छाडेपछि उनीहरुले सम्हालेको मन्त्रालय पनि आफैं मातहतमा राखेका छन् ।

एमाले नेताहरु विष्णु पौडेल, ज्वालाकुमारी साह, विमला राई पौड्याल, दामोदर भण्डारी, भगवती चौधरी, पदम गिरी, राजेन्द्रकुमार राई, हरि उप्रेतीले सोमबार प्रधानमन्त्रीलाई राजीनामा दिएका थिए । यसअघि राप्रपा नेताहरुले सरकार छाडेपछि उनीहरुले सम्हालेको मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।

पौडेलले अर्थ, साहले कृषि, पौड्यालले परराष्ट्र, भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति, चौधरीले महिला, बालबालिका तथा समाजकल्याण, गिरीले स्वास्थ्य तथा जनसंख्या, राईले भूमिसुधार र उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>