Breaking News

राष्ट्रपति निर्वाचन : रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

Banner

काठमाडौँ, फागुन १६–

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाइसकेका छन्।

‘सभापतिज्यूले लेख्नुभएको पत्र मैले एमाले अध्यक्ष ओलीजीलाई घरमै पुगेर हातमा राखेर आएको हुँ,’ मुख्यसचिव पौडेलले भने, ‘राष्ट्रपतिमा हाम्रा उम्मेदवार पौडेलजीलाई सहयोग गर्न सभापतिज्यूले पत्रमा उल्लेख गर्नुभएको छ।’

नेकपा एमालेले पनि राष्ट्रपतिमा नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे आज फिर्ता लिने समय छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएको जानकारी दिए। राष्ट्रपतिमा समर्थन वा मित्रवत प्रतिस्पर्धाका लागि पत्र पठाइएको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>