मनोरञ्जन

आज पोखरा बस्ने योजनामा रहेक अभिनेता पललाई भोलि काठमाडौँ पुग्ने बित्तिकै एयरपोर्टमा स्वागत गरिने

Banner

काठमाडौँ, फागुन १५-

अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई भोलि एयरपोर्टमा स्वागत गर्ने तयारी भएको छ । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता शाह आज पोखरा बस्ने भएकै कारण भोलि काठमाडौँ आउने बित्तिकै एयरपोर्टमा स्वागत गरिने भएको हो ।

पलनिकट संगीतकार योगेशकाजीका अनुसार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भएका शाह आज पोखरा लाग्नेछन् । एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ ।

काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन् ।

शाह नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>