Breaking News

सञ्चार माध्यममा मदिराको विज्ञापन नछाप्न सर्वाेच्चको आदेश, ठूला मिडियाले लुकाए समाचार

Banner

चितवन, फागुन १५–

सर्वाेच्च अदालतले सञ्चार माध्यममा मदिरा र सूर्तीजन्य पदार्थको विज्ञापन नछाप्न अन्तरिम आदेश दिएको छ । उक्त आदेशको समाचार भने सबैजसो ठूला मिडियाले लुकाएका छन् । कानुन विपरित मदिराको विज्ञापन छाप्दै आएका मिडियाले उक्त फैसलाबारेको समाचार लुकाएका हुन् ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उपभोक्ता हित संरक्षण मञ्च नेपालले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै मादक पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नहुने सम्बन्धी कानूनी व्यवस्थाको जिम्मेवारीपूर्ण ढङ्गले कार्यान्वयन गर्नु गराउनु र कुनै पनि सञ्चार माध्यमहरुमा यस्तो सामग्रीको प्रचार प्रसार नगर्नु नगराउनु, गर्न नदिनु भनेर फागुन ११ गते अन्तरिम आदेश जारी गरेको छ।

यसअघि प्रेस काउन्सिलले पनि मिडियाबाट मदिरा र सूर्तीजन्य पदार्थको प्रचारप्रसार नगर्न आग्रह गरेको थियो । तर उक्त समाचार छापेका मिडियाले सोहि दिन मदिराको ज्याकेट विज्ञापन हालेका थिए । मिडियाकै उक्त कार्यको चौतर्फी आलोचना भएको थियो । यद्यपी ठूला मिडियाले मदिराको प्रचारप्रसारलाई यथावत राखेका छन् ।

सर्वाेच्चको आदेश

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>