Breaking News

प्रचण्डलाई बिरालोको संज्ञा दिदै ओलिले भनेः ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन

Banner

काठमाडौं फागुन १४-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,।’

उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए ।

उनले पार्टी छाडेर जाने शीर्ष नेताहरूको नामै नलिई पिलो निचोरिएको संज्ञा दिए । ‘पिलो निचोर्दैमा ओजन घट्दैन’ उनले भने, ‘टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो । को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>