समाज

नौ महिलासहित ४७ जनाले गरे रक्तदान

Banner

भरतपुर, फागुन १४–

चितवन जिम हाउस र उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा नौ महिलासहित ४७ जनाले रक्तदान गरेका छन् । चितवन फिजिकल फिटनेश (चितवन जिम हाउस)का प्रबन्ध निर्देशक प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा बागमती प्रदेशका सांसद उत्तम जोशी प्रमुख अतिथि रहेका थिए । रगतको अभाव कम गर्न यस किसिमको कार्यक्रम महत्वपूर्ण भएको जोशीले बताए ।

कार्यक्रमका संयोजक एवम् उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथिले सभापतिलाई ब्लड ब्याग वितरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रमको अवसरमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवि पौडेल, रोटरी क्लव अफ नारायणी मिट टाउनका प्रथम उपाध्यक्ष भुपेन्द्र श्रेष्ठ, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटा, उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङका अध्यक्ष राजु भट्टको सहभागीता रहेको थियो ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रकी प्राविधिक सिजन लामिछाने, समाजसेवी जोतेन्द्र खत्री, युनिक टोल सुधार विकास समितिका अध्यक्ष केदार सुवेदी, नमूना टोल सुधार विकास समितिका अध्यक्ष प्रभु रानाभाट, परिवेश टोल सुधार विकास समितिका अध्यक्ष लिलाधर पौडेललगायत पनि कार्यक्रममा सहभागी भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>