समाज

न्यू स्टार क्लवको साधारणसभा एवम् अधिवेशन सम्पन्न

Banner

भरतपुर, फागुन १४–

न्यू स्टार क्लवको १३औं वार्षिक साधारणसभा एवम् तेश्रो अधिवेशन सम्पन्न भएको छ । न्यू स्टार क्लवका अध्यक्ष नरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभा एवम् तेश्रो अधिवेशनमा न्यू स्टार क्लवका संस्थापक अध्यक्ष चिज कुमार गुरुङ प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि गुरुङले १३ वर्षअघि सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गरिएको क्लवको शुरुवाती समय निकै संघर्षपूर्ण रहेको र अहिलेको प्रविधियुक्त युगमा पुराना क्लवहरुलाई जोगाएर अगाडि बढ्नु पर्ने बताए । त्यस्तै उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्गका अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टले चितवनमा स्थापना भएका कयौ क्लवहरु बन्द भईसकेका र न्यू स्टार क्लव हालसम्म क्रियाशिल रहेको प्रति क्लवमा आवद्ध संस्थापक एवम् वर्तमान समितिलाई धन्यवाद व्यक्त गरे ।

न्यू स्टार क्लवका अध्यक्ष नरबहादुर गुरुङले बार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्षको अनुमतिमा बार्षिक आयव्यय प्रस्तुत गरे । सोही अवसरमा अध्यक्ष गुरुङले आफ्नो नेतृत्वमा रहेको समितिलाई भङ्ग गरी नयाँ समिति चयनको लागि आग्रह गरे ।

नवनिर्वाचित समितिको अध्यक्षमा कर्ण बहादुर गुरुङ, उपाध्यक्षमा युवराज गुरुङ, कोषाध्यक्षमा तिरु गुरुङ, सचिवमा तारा गुरुङ, सहसचिवमा विकास गुरुङ, सदस्यहरुमा सुदिप गुरुङ, मालती गुरुङ, मेलिना गुरुङ, पुजन पुन मगर, डोलराज गुरुङ, अनिल गुरुङ रहेका छन् ।

त्यसैगरी क्लवमा ८ जनाको सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिका सदस्यहरुमा नरबहादुर गुरुङ, चिज कुमार गुरुङ, राज कुमार गुरुङ, देव गुरुङ, चक्र बहादुर गुरुङ, आइतबहादुर गुरुङ, प्रकाश गुरुङ, देउ बहादुर गुरुङ छन् ।

पत्रकार भट्ट सम्मानित

न्यू स्टार क्लव जुगेडीको स्थापनाकालदेखि नै सल्लाह, सहयोग र सुझाव प्रदान गर्दै भरतपुर महानगरपालिका वडा नं. २९ को पर्यटन, साँस्कृतिक, धार्मिक विषयहरुमा कमल चलाउँदै आएको भन्दै पत्रकार राज भट्टलाई कार्यक्रममा सम्मान गरिएको छ ।

पत्रकार भट्टले पत्रकारिता क्षेत्रबाट समाजका विकृति, विसंगतिहरुलाई चिर्ने काम गरेको आयोजकको विश्वास छ । कार्यक्रमका अध्यक्ष नरबहादुर गुरुङ र कार्यक्रमका प्रमुख अतिथि चिज कुमार गुरुङले सम्मान पत्रद्वारा भट्टलाई सम्मान गरिएको ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>