मनोरञ्जन

दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा रिता थापा निर्विरोध, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा

Banner

काठमाडौं,फागुन १३-

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौँ महाधिवेशनबाट अध्यक्षमा रिता थापा निर्विरोध चयन भएकी छन् । धादिङको सदरमुकाम धादिङबेँसीमा भएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा चयन भएका छन् । महाधिवेशनले प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरुमा सुवास केसी, दीपक खड्का र राधिका हमाल चयन भए । महासचिवमा शिव हमाल चयन भए ।

प्रतिष्ठानका ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी कूल ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति छन् । प्रतिष्ठानमा २३ हजार ३२२ साधारण सदस्य, दुई हजार ७७३ आजीवन सदस्य र २६ मानार्थ सदस्यसहित कुल २६ हजार ११८ जना आबद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>