चितवन विशेष

फोनिज चितवनद्धारा प्रधान सम्पादक चौधरी सम्मानित

Banner

चितवन, फागुन १३–

नारायणी अनलाइन तथा सञ्चारपत्र दैनिकका प्रधान सम्पादक राजु चौधरी सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले नवौं वार्षिक साधारणसभा तथा जिल्ला भेलाको अवसरमा प्रधान सम्पादक चौधरीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले प्रधान सम्पादक चौधरीलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेका हुन् । चौधरी डेढ दशकदेखि चितवनका पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गरेका चौधरी हाल कान्तिपुर टेलिभिजनका चितवन संवाददाता समेत हुन् । उनी फोनिजका निवर्तमान केन्द्रीय सदस्य, फोनिज चितवनका संस्थापक सचिव हुन् ।

यस्तै कायाकैरन दैनिकका सम्पादक सूर्यप्रकाश कंडेल पनि सम्मानित भएका छन् । उनलाई प्रमुख अतिथि गुरुङले नै सम्मान पत्र प्रदान गरे । कंडेल दुई दशकदेखि चितवनका पत्रकारितामा क्रियाशिल छन् ।

यसैबीच नेपाल पत्रकार महासंघको समावेशी कोटामा फोनिजले सिफारिस गर्ने उम्मेदवारलाई नै सर्वसम्मत गराउन पहल गर्ने निर्णय गरेको छ ।

एउटा समावेशी कोटामा विभिन्न संगठनको नाममा फोनिज–फोनिजबीच नै चुनाव लड्ने वातावरणको अन्त्य गर्ने गर्ने प्रयास थालिएको फोनिज चितवनका अध्यक्ष रमेश राना मगरले जानकारी दिए । शुक्रबार र शनिबार इच्छाकामना–७, स्याङ्दीमा सम्पन्न साधारण सभाले सर्वसम्मतरूपमा सो निर्णय गरेको अध्यक्ष मगरले बताए ।

यस्तै साधारण सभाको बन्दसत्रमा राप्ती नगरपालिकामा हुन लागेको फोनिजको प्रादेशिक भेलामा चितवन जिल्लाको सहभागिता र मधेश प्रदेशमा हुन लागेको संघीय समितिको विधान संशोधनमा दिनुपर्ने सुझावसमेत संकलन गरिएको अध्यक्ष मगरले जानकारी दिए । यस्तै फोनिज चितवनको नवौँ साधारण सभा तथा जिल्ला भेलाको अवसरमा नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले नगद चार हजार रूपैयाँ सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>