Breaking News

प्रचण्डले भने–एमाले करिब करिब प्रतिपक्षमा गयो, अब नयाँ सरकार बन्छ

Banner

काठमाडौं , फागुन १३-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलबीच राष्ट्रपतिमा भएको सहमतिपछि एमाले लगभग प्रतिपक्षी दल भएको बताएका छन् । महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनी र प्रक्रियाको हिसाबले अब नयाँ प्रक्रियामा नयाँ सरकार बन्ने वा पुनर्गठन हुने बताएका हुन् ।

‘८ दलको बीचमा भएको राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाई छ । किनभने हामी मिल्न जरुरी थियो । सबैलाई राजनीतिक प्रक्रियामा लान पनि यो आवश्यक थियो । एमाले पनि कतै जान सक्ने स्थिति छैन । प्रतिपक्षमा जानु सक्नुहुन्छ । करिब करिब जानुभयो । राप्रपाका मन्त्रीले पनि राजीनामा दिएका छन्’, उनले भने, ‘सम्भवतः कानुनी हिसाबले नयाँ प्रक्रियातिर जानु नै पर्छ । सरकार नयाँ बन्छ वा पुनगर्ठन हुन्छ आदि इत्यादि । तर फेरि पनि एमालेको सभामुखबाट फुत्किएर जाने अवस्थामा छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>